दफा ६६
नेपाल सरकारको सुरक्षण प्राप्‍त गर्न सक्ने
: (१) सहकारी संस्थाले विदेशी बैङ्क वा निकायसँग लिने ऋणमा सुरक्षण प्राप्‍त गर्नु पर्ने भएमा त्यसको लागि मन्त्रालय मार्फत अर्थ मन्त्रालय समक्ष अनुरोध गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अनुरोध भई आएमा त्यस्तो ऋणमा अर्थ मन्त्रालयले सुरक्षण प्रदान गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम सुरक्षण प्रदान गर्दा अर्थ मन्त्रालयले आवश्यक शर्त तोक्न सक्नेछ ।